Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


कतार एअरवेज ३०९ नागरिक बोकेर फर्कियो


0
Shares

काठमाडौं, वैशाख २० । ‘कोभिड–१९’ को जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिइ कतार एअरवेजको ‘वाइडबडी’ जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार नेपालस्थित फ्रान्सेली दूतावासले ‘चार्टर’ गरेको सो उडान कतारको दोहा हुँँदै पेरिस पुग्नेछ ।

जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन् ।

यो उडानसहित लकडाउन अवधिमा कतार एअरवेजको ११ उडान भएको छ ।

कतारपछि नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ ।

नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन् ।

सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ । पछिल्लोपटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ ।

यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ । रासस