Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रसूति व्यथा लागेकी महिलाको हेलिकोप्टरबाट उद्धार


0
Shares

रसुवा, वैशाख २० । रसुवामा प्रसूति व्यथा लागेकी एक महिलाको शनिबार हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–५, ठूलोस्याफ्रुकी ३३ वर्षीया छिरिङ लामाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

शुक्रबार रातिबाट प्रसूति व्यथा लागेर स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई उद्धार गरी काठमाडौं पठाइएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।