Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


गोसाइँकुण्ड गाउँपालिकामा दीर्घरोगीहरुका लागि घर–घरमा निःशुल्क औषधि


0
Shares

रसुवा, वैशाख २० । रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले दीर्घरोगीहरुका लागि घर–घरमा निःशुल्क औषधि पुर्‍याउन सुरु गरेको छ ।

‘लकडाउन’ भएको बेला नियमित औषधि सेवन गर्ने दीर्घरोगीहरु बाहिर निस्कन नपाउने अवस्था भएकाले गाउँपालिकाले उनीहरुका लागि  निःशुल्क औषधि पुर्‍याउने व्यवस्था मिलाएको हो ।

वृद्ध–वृद्धाहरुले नियमित खाने औषधि लकडाउको समयमा दुर्गम स्थानबाट ल्याउनुपर्ने भएकाले औषधि घरघरमा पुगेर सम्बन्धित बिरामीलाई दिइएको गाउँपालिकाका प्रमुख कैसाङनुर्पु तामाङले बताए ।

नियमित औषधि सेवन गर्नेहरुमा उच्च रक्तचाप, मधुमेह, दमलगायतका बिरामीहरु रहेका छन् ।