
-प्रज्ञा तिमल्सिना/ ईमेज
काठमाडौं । कोरोना भाइरसले विश्वलाई नै हल्लाइरहे पनि यसको उपचार भने अझै पत्ता लाग्न सकेको छैन् ।
कोरोनाको उपचारमा विभिन्न देशका विभिन्न तरिकाहरु अपाउने गरिएको छ । पछिल्लो समय केही देशहरुले प्लाज्मा थेरापी मार्फत संक्रमितको जीवन रक्षा गर्न सकिन्छ कि भन्ने प्रयोग गरिरहेका छन् ।
अमेरिका, वेलायत र छिमेकी देश भारतले कोरोना संक्रमणलाई जितेका विरामीको रगतबाट निकालिएको प्लाज्मा संक्रमितलाई दिएर उपचार गर्न सुरु गरेका छन् ।
चीनले समेत प्लाज्मा थेरापीबाट धेरैको स्वास्थ्यमा राम्रो प्रभाव देखिएको जनाएको थियो । कोरोना भाइरसको संक्रमणलाई जितेका व्यक्तिको शरिरमा भाइरस विरुद्ध शरिरले एन्टिबडिज बनाउँछ ।
उक्त एन्टिवडिज कोरोना संक्रमित विरामीको शरिरमा राख्ने हो भने त्यसले जोखिम कम गराउने विश्वास गरिएको छ ।
उपचार नै नभएको रोगको प्लाज्मा दान भने कत्तिको प्रभावकारी हुन्छ भन्नेमा अझै प्रश्न उब्जिएको छ ।
सन् १८१९ मा जर्मन भौतिकशास्त्री एमिल भेन बेहरिनले पहिलो पटक पत्ता लगाउनुभएको प्लाज्मा थेरापी विश्व स्वास्थ्य संगठनले सन् २०१४ मा इवोला भाइरसको उपचारमा प्रयोग गर्न निर्देशन दिएको थियो ।
यस्तै सार्स र मार्स रोगको उपचारमा पनि यो पद्धती प्रयोगमा ल्याईएको थियो । कोरोना संक्रमणलाई जितेकी १९ बर्षीया प्रसिद्धि श्रेष्ठले आफनो प्लाज्मा अरु कोरोना संक्रमित विरामीलाई दिन सक्ने जनाए पछि नेपालमा पनि यस विषयमा वहस सुरु भएको थियो ।
के साँच्चीकै नेपालमा पनि प्लाज्मा थेरापी सुरु गराउन सकिन्छ ? यसको प्रभावकारिता कस्तो छ भन्ने वारेमा रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालले भन्छन्,‘कोरोना संक्रमणवाट स्वास्थ्यमा जटिल समस्या भएका व्यक्तिमा प्लाज्मा दान गराउन सकिन्छ ।’
मानिसको शरिरमा ब्लड सेल र प्लाज्मा रहेको हुन्छ । प्लाज्मा एक प्रकारको प्रोटिन तत्व हो । उक्त तत्वमा कोरोना भाइरस विरुद्धको एन्टिवडिज रहन्छ ।
उक्त एन्डिबडिज कोरोना संक्रमित विरामीको शरिरमा राखियो भने त्यसले रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
एक जना व्यक्तिको प्लाज्माबाट ३ जनासम्मको उपचार गर्न सकिने भए पनि नेपालमा भने १ जनाको प्लाज्माबाट एकै जनाको उपचार गराउन सकिने अवस्था रहेको डा.नेपालले बताए ।
यस्तै हाल नेपाली मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालाको समेत सहभागीतामा प्लाज्मा दान सम्बन्धि निर्देशिका समेत बनेको डा. नेपालले जानकारी दिए ।
उपचार नै नभएको समयमा यो पद्धतीले केही हद सम्म भए पनि कोरोनाको जोखिम कम गराउन भने मद्धत पुग्ने देखिएको छ । तर उल्लेख्य मात्रामा अनुसन्धानको भने आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्