बैतडी, वैशाख १९ । बिहीबार महाकाली पारीबाट स्वदेश प्रवेश गर्न दिइएकाहरुलाई सम्बन्धित स्थानीय तहका प्रमुखहरुको जिम्मा लगाइएको छ ।
बझाङका बुंगल नगरपालिका, वित्थडचिर गाउँपालिका, सुर्मा गाउँपालिका, केदारस्यूँ गाउँपालिका घर भएका उनीहरुलाई सम्बन्धित गाउँपालिकाका प्रमुखहरुको जिम्मा लगाइएको हो ।
बैतडीको झुलाघाट र दार्चुलाबाट बसको व्यवस्था मिलाइ उनीहरुलाई शुक्रबार गाउँ पठाइएको हो ।








प्रतिक्रिया दिनुहोस्