विराटनगर, वैशाख १९ । विराटनगरमा कोरोना परीक्षणको दर बढाइएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाअन्तर्गत् थप ल्याब सञ्चालनमा आएसँगै दैनिक ३०० बढीको परीक्षण गर्न सकिने भएको छ ।
सो प्रयोगशालामा शुक्रबार दुईओटा स्वाब परीक्षण गरिएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा २० जनासम्मको स्वाब परीक्षण हुनेछ ।
प्रदेश नम्बर–१ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालको ल्याबबाट स्वाबको परीक्षण हुँदै आएको छ ।








प्रतिक्रिया दिनुहोस्