Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


चलचित्र विकास बोर्ड अध्यक्ष बन्न भुवन के.सी. लगायतले दिए आवेदन


442
Shares

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदको लागि अभिनेता भुवन के.सी.सहित ७ जनाले आवेदन दिएका छन् ।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि रिक्त रहेको बोर्डको अध्यक्षका लागि ७ जनाले आवेदन दिएका हुन् ।

बोर्डका अध्यक्षका लागि आज आइतबार आवेदन दिने अन्तिम दिन रहेको छ । सूचना तथा सञ्चार मन्त्रालय श्रोतका अनुसार अहिलेसम्म अभिनेता भुवन के.सी., निर्देशक सम्झना उप्रेती रौनियार, बक्सअफिस कन्सल्टेन्ट मनिष पण्डित, निर्देशक अरुणकुमार प्रधान, निर्माता सुशिलकुमार पोखरेल, निर्देशक नरेशकुमार पौड्याल र कलाकार सुष्मा कार्कीले आवेदन दिएका छन् ।

आइतबार थप केही फिल्मकर्मीले आवेदन दिने तयारी गरेका छन् ।

मन्त्रालयले असार ५ गते बोर्ड अध्यक्षका लागि आवेदन दिन ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी फिल्म उद्योगको संरक्षण तथा प्रर्वद्धनमा कम्तीमा १० वर्ष कार्य गरेको, प्रवीणता प्रमाणपत्र वा सो सरह उत्तीर्ण गरी नेपाली फिल्म उद्योगमा कम्तीमा २० वर्ष कार्य गरेको हुनुपर्ने मापदण्ड तोकेको थियो ।