Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


प्रदेश १ बजेटः कृषि, पर्यटन र साना तथा मझौला व्यवसायीलाई प्राथामिकता


0
Shares

पाँचथर, वैशाख १९ । प्रदेश नं १ सरकारले आगामी बजेटमा कृषि, पर्यटन र साना तथा मझौला व्यवसायीलाई प्राथामिकतामा राख्ने भएको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबोले नयाँ बजेटमा कृषि, पर्यटन र उद्यमशीलतालाई प्राथामिकतामा राखिने बताएका हुन् ।

उनले लकडाउनबाट प्रभावित क्षेत्रलाई प्राथामिकतामा राखेर कार्यक्रम ल्याउने तयारी भैरहेको बताए ।

मन्त्री आङबोले बहुवर्षीय आयोजनाको कामलाई नयाँ बजेटमा पनि निरन्तरता दिइने जानकारी दिए ।