४ असार २०८२, बुधबार | Wed Jun 18 2025


ओखलढुंगाको खिजीदेम्बाबाट एक वर्षमा ३० वटा चौंरी गाई निकासी


182
Shares

ओखलढुंगा । चौंरीपालक किसान घट्न थालेपछि ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाबाट चौंरी गाई निकासी घटेको छ । वर्षेनी डेढ सयभन्दा बढी चौंरी गाई निकासी हुँदै आएको भए पनि पछिल्ला वर्षहरुमा निकासी संख्या घटेको हो ।

यसवर्ष यहाँबाट ३० वटा मात्रै चौंरी गाई निकासी भएको खिजीदेम्बा गाउँपालिकाले जनाएको छ । भाले अर्थात् नाक चौंरी गाई निकासी भएर खिजीदेम्बा गाउँपालिकाबाट रसुवामा भारी बोक्नका लागि लगिने गरिएको छ ।

जिल्लाको रावादोलु, भुसिंगा, पात्ले, खिजीफलाटे लगायतका लेकाली क्षेत्रमा भारी बोक्न तथा चिज, छुर्पी, नौनी, चम्मरलगायतका प्रयोजनका लागि किसानले चौरी गाई पाल्दै आएका छन् । एउटा चौंरी गाईको ३० हजारभन्दा बढी मूल्य पर्दछ ।

गाउँपालिकासँग चौंरी गाईको यकिन तथ्यांक नभए पनि हाल १२ भन्दा बढी चौंरी गाई गोठहरूमा सयौँको संख्यामा चौंरी गाईरहेको जानकारहरू बताउँछन् ।