Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


‘अमेरिकन आइडल’ फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउँदै


3.4k
Shares

काठमाडौं । आमेरिकाको प्रख्यात गायन रियालिटी कार्यक्रम ‘अमेरिकन आइडल’फाइनलिस्ट बन्न सफल पहिलो नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) नेपाल आउने भएका छन् ।

दिवेश लेपालमा सांगितिक प्रस्तुतीका लागि आउने भएका हुन् । उनले सामाजिक सञ्जाल मार्फत आफू लेपाल आउन लागेको बताएका हुन् । उनले भनेका छन्, ‘म लामो प्रतिक्षापछि सांगितिक प्रस्तुतीका लागि नेपाल आउन लागेको छु, आफ्नो जन्मभूमिमा आएर तपाईंहरुमाझ आफ्नो प्रस्तुती दिनका लागि निकै उत्साहित छु ।’

दिवेश अमेरिकन आइडलको १८ औं शृङ्खलाका उपविजेता (फस्ट रनरप) रहेका थिए । अमेरिकन आइडलले कोरोना महामारीका कारण केही प्रतिस्प्रर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएका भन्दै अमेरिकन आइडलको १९ औं शृङ्खलामा १८ औं शृङ्खलाका १० प्रतिस्पर्धीलाई दोस्रो मौका दिएको थियो । जसमा दिवेश टप सेभेन सम्म पुगेका थिए ।

अब उनी यही वर्ष सांगितिक प्रस्तुतीका लागि नेपाल आउने भएका हुन् । उनले कुा महिना आउने भन्ने चाहि स्पष्ट खुलाएका छैनन् ।