Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


दाङमा विकास निर्माणको काम सुचारु


0
Shares

दाङ, वैशाख १८ । दाङमा अलपत्र परेका विकास निर्माणको काम सुचारु भएका छन् ।

सरकारले घोषणा गरेको ‘लकडाउन’का कारण जिल्लामा रोकिएका कामहरु पुनः सुचारु भएका हुन् ।

राष्ट्रिय गौरवका आयोजनासँगै सडक, सिँचाइलगायतका अत्यावश्यक विकास निर्माणका कामहरू सुरु गर्ने सर्वदलीय निर्णयानुसार जिल्लामा विकास निर्माणको काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारीले गोविन्द रिजालले जानकारी गराएका छन् ।