१ श्रावण २०८२, बिहिबार | Thu Jul 17 2025


मध्यपश्चिम विश्वविद्यालयमै सेनिटाइजर उत्पादन, चाँडै बजार पठाउने तयारी(भिडियो)


0
Shares

-मानहादुर वली/ ईमेज

सुर्खेत । विश्वविद्यालय भन्ने वित्तिकै शैक्षिक प्रणालीमा सर्टिफिकेट प्रदान गर्ने संस्था भनेर जो कोहि बुझ्ने गर्दछ ।

तर सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयले कोरोना भाइरसको त्रासका बीचमा विद्यार्थीलाई आत्मनिर्भर बन्नका लागि आवश्यक सीपप्राप्त जनशक्ति निर्माणमा लाग्ने सुरुवात गरेको  छ ।

मध्यपश्चिम विश्वविद्यालयले विज्ञान तथा प्रविधि केन्द्रिय क्याम्पसमा पढ्ने विद्यार्थीलाई पढाइसँगै उत्पादन कार्यमा जोडेको छ ।

विश्वविद्यालयले पहिलो चरण भन्दै प्राध्यापक र विद्यार्थीको सयुक्त कार्यमा स्यानिटाईजर उत्पादन गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयलार्ई उत्पादन र आर्थिक समृद्धिमा रुपान्तरण गर्न थालिएको हो ।

सेनिटाइजरको उत्पादन कोभिड १९ ले सिर्जना गरेको विश्वव्यापी महामारीबाट तत्कालको लागी सुरक्षित हुन र दीर्घकालीन रूपमा उद्यमशीलतासँग विश्वविद्यालय जोडिएको छ ।

विश्वविद्यालयले नयाँ उपकुलपति पाएसँगै सम्पुर्ण कार्यक्रमहरुलाई सैद्धान्तिक र व्यावहारिक ज्ञानलाई जोड्दै उद्योग र समुदायसँग समन्वय गर्नेगरी पाठ्यक्रममा  अध्यापन र अनुसन्धानलाई परिमार्जन गरिने बताउदै आएको छ ।

विश्वविद्यालयले उत्पादन शुरु गरेको सेनिटाइजर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै रहेको  विशेषज्ञ राजेन्द्र विष्ट बताउँछन् ।

विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि पढाईसँगै प्रयोगात्मक कक्षा संचालनले धेरै कुरामा जानकारी गराउने दावी गर्छन् ।

विश्वविद्यालयले सेमी मेसिनबाट दैनिक रुपमा ६० एमएलका ७ सय ३० बोत्तल उत्पादन गर्दै आएको छ ।

कर्णाली प्रदेशका विभिन्न मन्त्रालय र केहि स्वास्थ्य संस्थालाई निःशुल्क उपलब्ध गराएको ह्यण्ड सेनिटाइजर निकट भविष्यमा आइएसओ सर्टिफाईड गरी बजार पठाउने विश्वविद्यालयको तयारी छ ।