Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


सिन्धुलीमा सरकारी सूचनाले किसानलाई सास्ती


117
Shares

सिन्धुली । सिन्धुलीमा सम्बन्धित सरकारी निकायले समयमै सूचना जारी नगर्दा लाभग्रही किसानलाई मध्य वर्षाको समयमा सरकारी कार्यालयको ढोका ढक्ढक्याउन बाध्य हुनुपरेको छ ।

सिन्धुली जिल्लाका भूकम्प प्रभावित प्रवलीकरणमा परेका लाभग्राहीहरुलाई असार पन्ध्रको समयावधिसम्म सरकारी अनुदानका लागि कागजात पेश गर्ने सूचना जारी भएपछि किसानहरु खेतीपातीको काम छाडेर वर्षाको झरी र बाढी पहिरो छिचल्दै कागजाज पेश गर्न लागेका छन् । पछिल्लो समयमा सरकारी निकायले विगतमा भूकम्पको लाभग्राही अन्तर्गत प्रवलीकरणमा परेकाहरुलाई असार पन्ध्रभित्र कागजातहरु जिल्ला सदरमुकामस्थित जिल्ला आयोजना कार्यालयहरुमा पेश गर्नका लागि सार्वजनिक सूचना जारी गरेपछि केही दिन यता हजाराको संख्याका स्थानीयहरु कर्यलयमा कागजाज पेश गर्न भीड लागेका छन् ।

सरकारी निकायले त्यसरी सूचना जारी गरेतापनि जिल्ला आयोजना कार्यन्वयन ईकाइमा सरकारी कर्मचारीहरुको अभाव भएका कारणले लाभग्राहीहरुको कागजाज बझ्न र व्यवस्थापन गर्न कठिनाई भैरहेको कार्यलयले जनाएको छ ।
सरकारी निकायले सूचना जारी गरेपछि हालसम्म करिब ३ हजारको हाराहारीमा स्थानयी लाभग्राहीहरुले कागजाज पेश गरेका छन् ।