
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका डुबानमा परेको छ । लगातारको वर्षाका कारण इटहरीको मुख्य बजार क्षेत्र डुबानमा परेको हो ।
इटहरीको ४,५,९, १० र १३ वडाका घरहरु डुबानमा परेका हुन् । खनारका धेरै बस्ती डुबानमा परेका छन । टेङ्ग्रा खोलामा आएको बाढीले इटहरी–विराटनगर जाने राजमार्ग अबरुद्ध बनेको छ ।
बाढीका कारण ४० घर मा क्षती पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी खगेन्द्र खडकाले जानकारी दिनुभयो ।
ट्याङ्ग्रा खोलाको बाढी बस्तिमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि खोला नियन्त्रणको काम थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादबले बताउनुभयो ।
बाढीका कारण यातायातका साधन संचालनमा समस्या परेको छ ।
प्रतिक्रिया दिनुहोस्