Logo ११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026


भारतको स्वतन्त्रता दिवस : नेपालका विभिन्न संघ–संस्थालाई एम्बुलेन्स र बस प्रदान


0
Shares

काठमाडौं, साउन ३० । भारतको ७२ औं स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न संघ–संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको छ ।

भारतीय राजदूतावासमा बुधबार आयोजित कार्यक्रममा दूतावासले विभिन्न जिल्लाका अस्पताल, परोपकारी संस्था, शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।

त्यसैगरी विभिन्न स्थानका ६८ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामग्रीसमेत प्रदान गरेको छ ।

भारतीय दूतावासले हालसम्म नेपालका ७७ जिल्लाका विभिन्न संघसंस्थालाई ६९२ वटा एम्बुलेन्स र १३६ वटा बस प्रदान गरिसकेको छ ।

कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले भारतको राष्ट्रिय झण्डा फहराई भारतका राष्ट्रपतिले राष्ट्रका नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।

राजदूत पुरीले नेपाली जनतासँग भारतीय जनताको सम्बन्ध प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्व र समृद्धिका काममा भारत सधैं सहयोगी बन्ने बताए ।