विराटनग । प्रदेश नं १ मा कोरोना भाइरस संक्रमित ३१ जनाको विराटनगरस्थित कोशी अस्पतालको कोभिड नाइन्टिन उपचार केन्द्रमा उपचार भैरहेको छ ।
उनीहरुमध्ये १२ जना भारतीय नागरिक छन् । संक्रमितहरुको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित एक मस्जिदमा बसेका १२ जना मानिसमा एकैसाथ कोरोनाको सङ्क्रमण देखिएको थियो ।
उनीहरुको सम्पर्कमा आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । झापा र भोजपुरमा पनि ससंक्रमित भेटिएका छन् ।
विराटनगरको कोभिड नाइन्टिन उपचार केन्द्रको क्षमता ५० शैयाको छ ।
प्रदेशमा संक्रमितको संख्या बढ्दै गएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र मोरङ्गको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा समेत संक्रमितको उपचारको वैकल्पिक व्यवस्था मिलाइएको प्रदेश सरकारले जनाएको छ ।
धरानमा एक सय शैयाको छुट्टै उपचार केन्द्र तयार भइसकेको छ । प्रदेश १ मा कोरोना संक्रमित बढेपनि परीक्षण भने सुस्त देखिएको छ ।










प्रतिक्रिया दिनुहोस्