Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


स्याङ्जामा धान रोपाईको चटारो


299
Shares

स्याङ्जा । स्याङ्जामा धान रोपाई धमाधम सुरु हुन थालेको छ । मानो रोपी मुरी उब्जाउने महिनाको रुपमा असार महिनालाई लिईदै आइएको छ ।

यसपटक छिटै पर्याप्त वर्षा भएका कारण किसानले समयमै धान रोप्न पाएका हुन् । साउनको अन्तिम दिनसम्म रोपिने टारी खेतमा पनि यसपटक भने धान रोपिसकिएकाे छ । सिंचाइँ पुगेका खेतमा जेठ महिनादेखि रोपाई सुरु गरिन्छ। करिब १८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई गरिने स्याङ्जाका मकै रहेका खेतबाहेक सबैमा रोपाई भइसकेको कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चापाकोट र गल्याङ्तर्फका करिब ७ प्रतिशत भू–भाग र आँधीखोला, फेदिखोला र पुतलीबजारका करिब ३ प्रतिशत भू–भागमा मकै र चैते धान पाकिनसकेका कारण रोपाई हुन बाँकी रहेको हो। साउनको दोश्रो सातासम्ममा यसवर्षको धान रोपाई सकिने उहाँको भनाइ छ। स्याङ्जामा कुल १८ हजार ५ सय हेक्टर जमिन धानबालीको लागि उपयुप्त रहेको छ । सिंचाइँका सुविधा नपुगेका खेतमा पनि यसपटक नियमित आएको वर्षाले किसानलाई सहज बनाएको छ।

स्याङ्जाका सेतीदोभान फाँटहरु आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट ,बिरुवा फाँटहरु र गल्याङका क्षेत्र धानका उर्वर क्षेत्र हुन् । यसैगरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, विरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, जगतभन्ज्याङ पनि धानको उत्पादन राम्रो हुन्छ।

गतवर्ष ९८ प्रतिशत रोपाई भएको स्याङ्जामा यो वर्ष हालसम्म १५ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ ।

Skip This