Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रदेश–१ मा तीन दिनयता कोरोनाको नयाँ ‘केस’ शून्य


13
Shares

विराटनगर, वैशाख १६ । पछिल्लो समय प्रदेश नम्बर–१ कोरोनाको ‘हटस्पट’ बनेको भएपनि तीन दिनयता नयाँ ‘केस’ भने भेटिएका छैनन् ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारसम्म २१३ ओटा स्वाबको नमुना परीक्षण गर्दा नयाँ केस नभेटिएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक एैरले शुक्रबार ४८, आइतबार ६१ र सोमबार १०४ जनाको स्वाबको नमुना परीक्षण गरिएकोमा सबैको ‘रिपोर्ट नेगेटिभ’ आएको जानकारी दिए ।

प्रतिष्ठानमा मंगलबार थप १०० ओटा स्वाबको नमुना परीक्षण भइरहेको सहप्रवक्ता ऐरले जानकारी दिए ।

प्रतिष्ठानमा ल्याब तयारीपछि अहिलेसम्म कुल ८८६ ओटा स्वाबको नमुना परीक्षण गरिएको छ । जसमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अन्य ५६९ जनाको स्वाबको नमुनाको रिपोर्ट नेगेटिभ आएको छ । बाँकी ३०४ ओटा स्वाबको नमुना परीक्षणको काम भइरहेको छ ।

संघ सरकारको सहयोगमा प्रतिष्ठानमा गएको १६ चैतमा कोरोनाको परीक्षणका लागि ल्याब स्थापना गरिएको थियो ।

प्रदेश–१ मा गएको चैत ४ गतेयताबाट अहिलेसम्म कुल ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमा सबैभन्दा बढी १२ भारतीयसहित उदयपुरका १२, विराटनगरका चार, झापाका दुई र भोजपुरका एकजना रहेका छन् ।

उनीहरु सबैको विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा उपचार भइरहेको छ ।