Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


धादिङमा गाउँ प्रवेश गर्नेहरु अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने


0
Shares

धादिङ । खनियावास गाउँपालिकाले गाउँ प्रवेश गर्नेहरुको व्यवस्थित सूचना राखेर अनिवार्य क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

देशका विभिन्न ठाउँमा लकडाउनका कारण समस्या भोगेका डेढ सय नागरिकलाई गाउँपालिकाले आफ्नै खर्चमा उद्धार गरी ५ वटा वडामा सञ्चालित ९ वटा क्वारेन्टाइनमा राखेको हो ।

लकडाउन लम्बिदै जाँदा शहर बजारमा थुनिएर बस्नुपर्दाको पीडा र समस्या गाउँको क्वारेन्टाइनले बिर्साइ दिएको क्वारेन्टाइनमा बसेका स्थानीय बताउँछन् ।

खनियावास गाउँपालिका प्रवेश गर्ने दुवै नाकाहरुमा प्रहरी र स्वास्थ्यकर्मीको टोली खटाइ गाउँपालिका भित्रिन चाहने जो कोहीलाई स्वास्थ्य चेकजाँच गरेर अनिवार्य क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतापछि मात्रै प्रवेशाज्ञा दिने व्यवस्था गाउँपालिकाले मिलाएको छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको सम्पूर्ण खर्च र स्वास्थ्य सुरक्षाको व्यवस्थापन गाउँपालिका आफैंले मिलाएको छ भने उनीहरुको आरडीटी टेष्टपछि मात्रै घर जान दिइने पालिका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिए ।