Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


वीरेन्द्रनगर नगरपालिकाद्वारा रोकिएका आयोजना सुचारु गर्ने तयारी


0
Shares

मानबहादुर वली (इमेज)

सुर्खेत, वैशाख १५ । सुर्खेतमा ‘लकडाउन’का कारण विभिन्न विकासका योजनाहरु अलपत्र परेका छन् ।

रोकिएका योजनाहरु पुनः सञ्चालन गर्न स्थानीय निकायले समन्वय गरेपनि कच्चापदार्थको अभावमा काम गर्न सहज नभएको निर्माण व्यवसायीहरु बताउँछन् ।

देशमा लकडाउन जारी रहेपनि संघ र प्रदेश सरकारले वातावरण अनुकूल बनाएर विकास निर्माणका काम सुचारु गर्ने जनाएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरमा रोकिएका आयोजना सुचारु गर्ने तयारी गरेको हो ।

नगरपालिकाले स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक सतर्कता र सुरक्षा अपनाएर काम गर्ने प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए ।

निर्माण व्यवसायीहरुले भने कोरोना संक्रमण जोखिमका कारण काम गर्न सक्ने वातावरण नरहेको बताएका छन् ।

आवश्यक जनशक्ति नभएको र कच्चापदार्थकोसमेत अभाव रहेकोले निर्माण कार्य सुरु गर्न सहज नभएको निर्माण व्यवसायीको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाले भने जिल्लामा ‘कोभिड–१९’ को जोखिम भएपनि हालसम्म कसैमा पनि संक्रमण नभएकोले सतर्कता अपनाउँदै विकास निर्माणका काम सुरु गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेको छ ।

भिडियो हेर्नुहोस्