
काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औं साधारणसभा तथा ७ औं महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङलगायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भारतीय ट्रकको निर्वाध नेपाल आवागमनलाई कडाइसँगै बीमालगायतका समस्या समाधानमा संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले कानूनले निर्धारण गरेका भारवहन क्षमतालाई सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।
हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले जानकारी दिनुभयो ।
महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्ने छ । महासंघको ७ औं प्रदेशमा प्रदेश संयोजक पनि निवार्चित हुने छन् । महाधिवेशनमा महासंघमा आवद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्