Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


प्रदेश १ मा हालसम्म ५ हजार ५१८ जनाको कोरोना परीक्षण, ३० जनामा सङ्क्रमण


0
Shares

विराटनगर । प्रदेश नं.१ मा हालसम्म ५ हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।

आरडीटीबाट हिजोसम्म ४ हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आरडीटीबाट ३ हजार ८०८ पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ ।

पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।

क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ७७१ जना पुगेको छ । ४७ जना घर फर्किएका छन् । आइसोलेसनमा रहेका ३० जना स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

एकजना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जना रहेका छन् ।