अर्घाखाँची । भारतको नौतनवाको क्वारेन्टाइनमा बस्दै आएका १ सय ३० नेपालीलाई स्वदेश ल्याइएको छ ।
नेपाल–भारत सीमानाका सुनौलीबाट स्वदेश ल्याइएको अर्घाखांचीको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए ।
लकडाउनका कारण उनीहरु विगत २६ दिनदेखि नौतनवानको एक विद्यालयमा क्वारेन्टाइनमा थिए ।
स्थानीय प्रशासन र जनप्रतिनिधीको पहलमा स्वदेश फर्काइएका उनीहरुलाई केही दिन सम्बन्धित नगरपालिका वा गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ ।









प्रतिक्रिया दिनुहोस्