Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


ट्रेड युनियन कांग्रेसले गर्‍यो मजदुरलाई बसमै खाना र पानीको व्यवस्था


0
Shares

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसले लकडाउनका कारण काठमाडौमा फसेका विभिन्न जिल्लाका तीन सय बढी मजदुरहरुलाई निशुल्क खानाको व्यवस्था गरेको छ ।

रुकुम, बाँके, बर्दिया र कैलाली हिडेका मजदुरहरुलाई युनियनले कंलकीमा मजदुरहरु चढेको बसमा नै गएर खाना र पानीको व्यवस्था गरेको युनियनका कोषाध्यक्ष मोहन कुमार बस्नेतले जानकारी दिए ।

कामका सिलसिलामा विभिन्न जिल्ला पुगेका मजदुरहरु धेरै दिन लकडाउन हुने भएपछी अतालिएर आफ्नो गन्तव्यसम्म हिडेरै गएपछि सरकारले लकडाउन केही खुकुलो बनाएर घर जानेलाई जान दिएको छ ।

काठमाडौबाट विभिन्न संघ संस्था र कतिपय स्थानीय तहले यातायातको व्यवस्था गरी घर पठाए पनि लकडाउनका कारण सबै होटल र पसल बन्द हुने हुँदा लामो दुरीमा मजदुर भोकै यात्रा गर्नु नपरोस् भनेर ट्रेड युनियन कांग्रेसको सामाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क खाना र पानीको व्यवस्था गरेको हो ।

यो अभियान लकडाउनको अवस्था हेरी आवश्यकताको आधारमा विभिन्न एरियामा संचालन हुने कोषाध्यक्ष बस्नेतले जानकारी दिए ।