Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पौडी खेल्न गएका तीन बालकको शव फेला


0
Shares

बाँके । बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र  १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ । रासस