इलाम । लकडाउनको समयमा पनि इलामको नेपाल–भारत सीमा क्षेत्रमा मानिसको आवतजावत नरोकिएपछि यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
इलामको रोङ गाउँपालिकाको मेची किनारदेखि सन्दकपुर गाउँपालिकाको सन्दकपुर डाँडासम्मको नेपाल–भारत सीमानाको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको पोष्ट स्थापना गरी सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
खुला सीमाबाट आएका मानिस क्वारेन्टाइनमा बस्न नमान्ने भएकाले साढे दुई किलोमिटरको फरकमा सुरक्षाकर्मीको पोष्ट राखिएको छ ।
सीमा क्षेत्रमा सुरक्षाकर्मी थपिएपछि लुकिछिपी आवातजावत रोकिएको छ ।









प्रतिक्रिया दिनुहोस्