कञ्चनपुर । प्रमुख जिल्ला अधिकारीसहितको टोलीले भारतीय क्वारेन्टाइनमा रहेका नेपालीहरुको अवस्थाका बारेमा अवलोकन गरेको छ ।
कोरोना भाइरसका कारण जारी लकडाउनले गर्दा सीमावर्ती भारतीय शहर बनबासा र टनकपुरस्थित क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडासहितको टोलीे बिहीबार अवलोकनमा गएकोे हो ।
गत मंगलबार इमेज च्यानलमा भारतीय क्वारेन्टाइनमा बसेका नेपालीहरुमा डिप्रेशनको समस्या देखिएको भन्ने समाचार प्रसारण भएपछि प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडा, प्रहरी प्रमुख मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रमुख वीरसिंह साहु लगायतको टोलीले स्थलगत अवलोकन गरेको हो ।
भारतीय क्वारेन्टाइनमा बसेका नेपालीले आफूहरु क्वारेन्टाइमा बस्दा घरमा खाद्यान्नको समस्या भएको दुखेसो पोख्दै सरकारले कहिले नेपाल फर्काउँछ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।
प्रमुुख जिल्ला अधिकारी खतिवडाले यस बारेमा अहिले कुनै निर्णय नभएको बताउँदै नेपाल फर्किएपछि पनि क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था हुन सक्ने बताए ।
कञ्चनपुरसँग सीमा जोडिएका पश्चिमी सीमावर्ती भारतीय जिल्ला चम्पावत र उद्यमसिंनगरको बनबासा, टनकपुर र खटिमास्थित क्वारेन्टाइमा २ सय ५१ जना नेपाली रहेका छन् ।









प्रतिक्रिया दिनुहोस्