
काभ्रे । जिल्ला समन्वय समिति काभ्रेको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का दिपक गौतम निर्वाचित हुनुभएको छ ।
समाजवादीको जिल्ला सचिव समेत रहनुभएका गौतमले सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले २२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी उम्मेदवार कमला काफ्लेले ४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै, समन्यव समिति उपप्रमुखमा नेपाली कांग्रेसका रिम बहादुर तामाङ निर्वाचित हुनुभएको छ । उपप्रमुखसहित ५ सदस्य कांग्रेसले जितेको छ भने माओवादी केन्द्रका ३ जना सदस्यमा निर्वाचित भएका छन् ।
१३ स्थानीय तह रहेको काभ्रेमा २६ मतदाता थिए । जसमध्ये कांग्रेसको १३, माओवादीको ८ र एकीकृत समाजवादीको १ मत थियो । एमालेको भने ४ मत मात्रै थियो ।
प्रतिक्रिया दिनुहोस्