Logo ३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026


मन्त्री आलेको गुनासो, ‘समग्र बजेट बढ्दा पर्यटन मन्त्रालयको साढे १० अर्ब कटौती गरियो’


78
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साँढे १० अर्ब बजेट कटौती गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो गर्नुभएको छ ।

बुधबार विनियोजन बजेटमाथि सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री आलेले पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्री शर्माले सो बजेट कटौती गरिदिँदा कतिपय स्थानीय तहसँग गरिएको साझेदारी कार्यक्रम पनि कटौती गर्नुपरेको बताउनुभयो ।

मन्त्री आलेले बजेटको आकार भने नौ दशमलव ८ प्रतिशत बढ्ने तर आफ्नो मन्त्रालयको बजेट भने ठूलो मात्रामा कटौती भएकै कारण पर्यटक भित्र्याउने कतिपय कार्यक्रमहरूलाई निरन्तरता दिन नसकिएको स्पष्ट पार्नुभयो ।

अर्थ मन्त्रालयले बजेट कटौती गरेका कारण सांसदको निर्वाचन क्षेत्रमा गएका आयोजनाहरूलाई निरन्तरता दिन नसकेको स्पष्ट पार्नुभयो ।

मन्त्री आलेले ६ महिना भित्र पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न गरिसक्ने पनि दाबी गर्नुभयो ।