काठमाडौं, वैशाख ११ । चितवनस्थित धौलागिरि चितवन विश्वकर्मा सम्पर्क मञ्चले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।
बिहीबार मञ्चको प्रथम परिकल्पना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्युतीय ‘स्प्रेयर’ र ‘भाइरस किलर केमिकल’ हस्तान्तरण गरिएको हो ।
मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रहरी उपरीक्षक प्रकाश रानाभाटलाई दुईथान विद्युतीय स्प्रेयर र तीन लिटर भाइरस किलर केमिकल हस्तान्तरण गरेका हुन् ।
प्रहरी उपरीक्षक रानाभाटले विपद्को समयमा मञ्चको सहयोगले ट्राफिक प्रहरीको मनोबल बढाएको बताए ।
त्यस्तै, मञ्चका महासचिव अमीर रामदामले जोखिमको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने ट्राफिक प्रहरी कर्मचारीलाई सुरक्षित राख्न सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरेको बताए ।
यस्तै, कार्यक्रममा मञ्चका सचिव अमिर सुनारले आगामी दिनमा पनि यस्तै किसिमका सामाजिक कार्यमा सहयोग जारी राख्ने बताए ।








प्रतिक्रिया दिनुहोस्