Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


प्रवासमा अलपत्र नेपालीलाई तुरुन्त घर फर्काउन ध्यानाकर्षण


0
Shares

लण्डन(जीएनएन) गैर आवासीय नेपाली संघको पहलमा स्थापना भएको प्रवासमा रहेका गैर आवासीय विज्ञहरुको संजाल, नेपाल पोलिसी इन्स्टीच्युट, ले घर फर्कन चाहने प्रवासीहरुलाई तुरुन्त फर्काउने पहल सुरु गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रवासी मजदुर, कामदारहरु रोजगारी गुमाएर, खान र बस्न समस्या भएर मानसिक रुपमा पीडित रहेको अवस्था भएको र सर्वोच्च अदालतले समेत प्रवासका नागरिकलाई उद्धार गर्न निर्देशन दिइसकेकाले तत्काल पहल थाल्न माग गरिएको हो ।

प्रवासीहरुले सिकेको सीप र ज्ञानलाई सदुपयोग गर्दै नेपालमा नै उद्यमसिलाताको र स्वावलंवनका कामहरु संचालन गर्न दीर्घकालिन नीति पनि संजालले सुझाएको छ ।

प्रवासका नेपालीहरुको हकहितको लागि तत्काल कदम चाल्न  सरकारलाई सुझाव दिंदै गैर आवासीय नेपाली संघलाई कार्यान्वयनका लागि ध्यानाकर्षण गराएको छ ।

हरेक विदेश जाने नागरिकले नै तिरेर जम्मा भएको वैदेशिक कल्याण कोषको रकम प्रयोग गरेर तिनलाई नेपाल फर्काएर कृषि उद्यमसिलता लगायतका काममा लाग्न सहयोग गर्न अनुरोध गरिएको छ ।

वैदेशिक लगानी सम्बन्धि नीतिनियम, १५ औं पन्च वर्षीय योजनामा निर्माणमा आर्थिक तथा लगानी सम्बन्धि नीतिमा सहयोग, नेपालमा गैर आवासीय नेपाली संघको आयोजनामा  विज्ञ सम्मेलन लगायतका विविध  कामहरुमा उल्लेख्य योगदान गरेको साथै २०१७ १०१९ को कार्यकालमा गैर आवासीय नेपाली संघको टास्क फोर्स मध्ये उलेख्य काम गरेको विभाग मानिएको एनपीआईका संयोजक खगेन्द्र ढकालले जानकारी दिए ।

नेपाल र विश्वभर छरिएर रहेका नेपाली विज्ञहरुलाई संजालमा जोडेर नीतिगत,  खोज तथा अनुसन्धान मार्फत गैर आवासीय नेपाली संघ तथा नेपाल सरकारलाई कार्यान्वयनका लागि सुझाव पेस गर्नु मुख्य उद्देश्य रहेको ध्यानाकर्षण पत्र मार्फत जानकारी गराइएको छ ।