Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


जिल्ला स्तरीय प्रशिक्षण दिन प्रचण्ड बर्दियामा


312
Shares

बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) साेमबार बर्दिया आउनुभएकाे छ ।

बारबर्दिया नगरपालिका-११ बेलभारमा जिल्ला स्तरीय प्रशिक्षण दिन साेमबार बर्दिया आउनुभएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ । जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुने निश्चित कोटा छुट्टाइएको छ ।

साेही जिल्लामा रहेका केन्द्रीय सदस्य, प्रदेश कमिटी नगर कमिटी सबै, पूर्व जिल्ला कमिटी सबै, जनवर्गीय संगठनका जिल्ला पदाधिकारी र पालिका अध्यक्ष सल्लाहकार परिषद प्रदेश सदस्यहरु पालिका अध्यक्षहरु जेष्ठ कम्युनिष्ट मञ्च पालिका अध्यक्षहरु, जबस मोर्चा केन्द्रीय सदस्य, प्रदेश सचिवालय सदस्य, वडा कमिटी अध्यक्ष, कार्यक्रममा उपस्थिति भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक भवन कुमार थारुले जानकारी दिनुभयो ।