संखुवासभा, वैशाख १० । पूर्वखानेपानी राज्यमन्त्री दीपक खड्काले नेपाल पत्रकार महासंघ संखुवासभालाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् ।
सञ्चारकर्मी पनि कोरोनाभाइरसको जोखिममा रहेको भन्दै उनले संखुवासभाका सञ्चारकर्मीलाई माक्स, ग्लोब्स र स्यानिटाइजरलगायतका सामग्री प्रदान गरेका हुन् ।
उनले जिल्लाका आठओटा रेडियो एफएममा कार्यरत् पत्रकार र महासंघका पदाधिकारीलाई उक्त सामग्री उपलब्ध गराएका हुन् ।
सामग्रीहरु नेपाली कांग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठले पत्रकार महासंघ संखुवासभाका अध्यक्ष ईन्द्र गिरीलाई हस्तान्तरण गरे ।
पूर्वराज्यमन्त्री खड्काले यसअघि कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पाँच लाख रुपैयाँ र करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री १० ओटा स्थानीय तहलाई प्रदान गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्