Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


चितवन निकुञ्जले निकुञ्जमा पर्यटकीय गतिविधि असार १ गतेदेखि बन्द गर्ने


806
Shares

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आगामी असार १ गतेदेखि बन्द गर्ने निर्णय गरेकाे छ ।

निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो। मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोलामा बाढी आउने तथा रूख ढलेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक लगाइएको निकुञ्जले जनाएको छ ।

निकुञ्जले प्रत्येक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्दै आएकाे छ। योसँगै बाढीको डर हुने भन्दै राप्ती नदीमा गरिने डुङ्गा सफारी पनि बन्द गरिएको निकुञ्जले जनाएकाे छ । निकुञ्जभित्र हुने पर्यटकीय गतिविधिबाट यस आर्थिक वर्षको वैशाखसम्म ८ करोड १७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन भएकाे छ ।

सो समयमा १ लाख ५९ हजार बढी पर्यटकले निकुञ्जको भ्रमण गरेका थिए ।