Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


प्रधानमन्त्री र अमेरिकी सेना एसिया–प्रशान्त प्रमुखबीच भेट


507
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख चाल्स ए फ्लिनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

फ्लिनले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नुभएको हो । भेटमा उहाँहरूबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

प्रमुख फ्लिन चार दिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आउनुभएको हो । प्रमुख फ्लिनले सैनिक मुख्यालय जङ्गी अड्डाको भ्रमणका साथै प्रधानसेनापति प्रभुराम शर्मासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाइँका क्रममा उहाँले नेपालले राष्ट्र सङ्घीय शान्ति सेनामा पुर्‍याइरहेको भूमिकाको प्रशंसा गर्दै वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र अवलोकन तथा विपद् पूर्वतयारी, प्रतिकार्य तथा मानवीय सहायताका क्षेत्रमा अमेरिकी सहयोगका विविध विषयमा पनि छलफल गर्नुहुने जनाइएको छ ।

Skip This