काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले चोरी, तस्करी तथा कालोबजारी रोक्न गृह मन्त्रालय असफल भएको आरोप लगाउनुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद पौडेलले गृह मन्त्रालय चोरी, तस्करी र कालोबजारी रोक्न असफल भएको आरोप लगाउनुभयो ।
उहाँले हत्या, हिंसा, लुटपाट र वलात्कारको घटना बढिरहेको भन्दै त्यसको अनुसन्धान पनि धेरै फितलो भएको बताउनुभयो ।
सुरक्षाको जिम्मेवारी लिनेहरूनै भ्रष्टाचार, चोरी र तस्करीमा संलग्न हुने गरेका उहाँको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्