काठमाडौं, वैशाख ९ । उपत्यकाका केही स्थानहरुमा ‘लकडाउन’ उल्लंघन हुन थालेपछि स्थानीय निकायहरुले तत्परता देखाउन थालेका छन् ।
कोरोनाभाइरस फैलिन नदिन लकडाउनको विकल्प नभएकोले यसको कडाइका साथ पालना गर्नुको विकल्प नभएको भन्दै विभिन्न वडाहरुले नगरबासीहरुलाई सचेत रहन आग्रह गरेका छन् ।
वडा कार्यालयहरुले यतिबेला विपन्न नागरिकलाई खाना खुवाउनुका साथै मास्क र स्यानिटाइजर पनि वितरण गर्न थालेका छन् ।
नागार्जुन नगरपालिकाका वडा नम्बर–७ का वडाध्यक्ष रमेशप्रसाद गौतम लकडाउनको भावनाविपरीत हुने गतिविधि नियन्त्रण गर्ने र समस्यामा परेकालाई सहयोग गर्न आफूहरु तत्पर रहेको बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्