Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कीटनाशक औषधि छर्केरमात्र लमजुङ प्रवेश


0
Shares

लमजुङ, वैशाख ९ । लमजुङमा बाहिरी जिल्लाबाट आउने सवारी–साधनलाई कीटनाशक औषधि छर्केर जिल्लामा प्रवेश दिइएको छ ।

तनहुँको सीमा पाउँदीमा एम्बुलेन्स र खाद्यान्न बोकेका गाडीलाई कीटनाशक औषधि छर्कने गरिएको हो ।

कीटनाशक औषधि छर्कन सुन्दरबजार नगरपालिकाले दिउँसो दुईजना व्यक्ति खटाएको छ ।

एम्बुलेन्स, खाद्यान्नका गाडी, कूटनीतिक नियोग र सुरक्षा निकायका गाडीलाई ‘डिसइन्फेक्सन’ गरेरमात्र जिल्ला प्रवेश गर्न दिइएको कमान्ड पोस्टका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए ।

साँझ ७ देखि बिहान ७ बजेसम्म एम्बुलेन्सबाहेक पास भएका गाडीलाई पनि प्रवेशमा रोक लगाइएको छ ।

Skip This