२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मनसुन नफैलँदै बाढीपहिरोको त्रास


195
Shares

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले बुधबार मेलम्ची नगरपालिका- ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाएको अस्थायी पुलमा क्षति पुग्यो ।

त्यसैगरी दुई दिनदेखिको भीषण वर्षाले म्याग्दीको गलकोट क्षेत्रमा क्षति निम्त्याएको छ । पहिरो र भेलबाढीले स्थानीयका घरगोठ पुरिएको छ । चितवनको इच्छाकामना गाउँपालिका-४ नाग्दीखोलामा पहिरो खसेपछि बुधबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ । पहिरोमा मुग्लिन-नौेविसे सडक खण्डमा पनि सवारीसाधन रोकिए ।

जेठ नसकिँदै आएको बाढी तथा पहिरोका कारण क्षेती पुग्न थालेपछि त्रास उत्पन्न भएको छ । यस वर्ष एक साताअघि नै भित्रीएको मनसुन देशभर फैलन नपाउँदै बाढी र पहिरोको त्रास हुन थालेको छ । मनसुन भित्रिने सरदर मिति १५ जुन भएपनि जुन ५ मा नै मनसुन भित्रिएको हो । नेपालमा पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन मुलुकभर फैलिने नपाउँदै मुलुकमा विभिन्न स्थानमा बाढीपहिरो सुरु भएको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।