२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


पाकिस्तानको ७१ औं स्वतन्त्रता दिवस नेपालमा पनि मनाइयो


0
Shares

काठमाडौं । पाकिस्तानको ७१ औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी दूतावासमा कार्यक्रम गरिएको छ ।

पाकिस्तानी दूतावासमा गरिएको कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत डाक्टर मजहर जाबेदले पाकिस्तानको राष्ट्रिय झण्डा फहराएका थिए ।

उनले नेपालको शान्ति र विकासमा पाकिस्तान सरकारको साथ रहेको भन्दै आर्थिक क्षेत्रमा पनि पाकिस्तान सरकारले सहयोग गर्ने बताए ।

नेपाल र पाकिस्तानबीच साँस्कृतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा पनि नेपाल सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति मामनुन हुसैन र प्रधानमन्त्री नासिर औल मुल्कको सन्देश पढेर सुनाइएको थियो ।

यसै दिन सन् १९४७ मा मोहम्मद अलि जिन्नाको नेतृत्वमा पाकिस्तान बृटिश शासित भारतबाट स्वतन्त्र बनेको थियो ।