तनहुँ । तनहुँको विमलनगर र गोरखाको पालुङटार जोड्ने मोटरेवल पुल निर्माणको काम सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको छैन ।
पुल निर्माणको जिम्मा पाएको सपना निर्माण सेवाले समयमै निर्माण सम्पन्न गरेपनि लकडाउनका कारण पुल उद्घाटन रोकिएको हो ।
चार पिल्लर सहितको एक सय मिटरको मोटरेवल पुल १४ करोड ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो ।
लकडाउन खुलेपछि पुल उद्घाटन भई सुचारु गरिने पुल संरक्षण समितिका संयोजक लालकुमार श्रेष्ठले बताउनुभयो ।









प्रतिक्रिया दिनुहोस्