कञ्चनपुर । भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका नेपालीहरुलाई गीत संगीतमार्फत मनोरञ्जन प्रदान गर्न थालिएको छ ।
लकडाउनका कारण नेपाल प्रवेश गर्न नपाए पछि क्वारेन्टाइनमा बसेका उनीहरुलाई गीत संगीत तथा साक्षरता कार्यक्रम संचालन गरिएको हो ।
कञ्चनपुरसँग सीमा जोडिएको पश्चिमी सीमावर्ती भारतीय जिल्ला चम्पावत प्रशासनका अनुसार क्वारेन्टाइनमा बसेका नेपालीहरुमा डिप्रेशनको समस्या देखिन थालेपछि यस्तो कार्यक्रम शुरु गरिएको हो ।
क्वारेन्टाइनमा प्रत्येक दिन साँझ गीत संगीत तथा साक्षरता कार्यक्रम संचालन गर्दै आएको छ ।
क्वारन्टाइनमा रहेका नेपालीहरुले लोक, भजनसँगै हिन्दी गीत गाएर मनोरञ्जन गर्ने गरेका छन् ।कार्यक्रममा भारतीय अधिकारीहरु पनि सहभागी हुने गरेका छन् ।
चम्पावत र उद्यमसिंनगरको बनबासा, टनकपुर र खटिमास्थित क्वारेन्टाइनमा २ सय ५१ जना नेपाली रहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्