२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


भरतपुरको सडकमा फेला परेको शंकास्पद बस्तु सेनाद्वारा निष्कृय


0
Shares

चितवन, साउन २९ । चितवनको भरतपुरस्थित रिजाल चोकमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको टोलीले निष्कृय तुल्याएको छ ।

बिहान ९ः१५ मा सडकमा भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले निष्कृय तुल्याएको हो ।

थर्मसमा बिस्फोटक पदार्थ भरेर सर्वसाधारणलाई आतंकित तुल्याउने उद्देश्यले राखेको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।