धादिङ । धादिङको थाक्रे गाउँपालिका–३ स्थित लेक मल्डुङ्गमा हिजो राति परेको चट्याङ्गका कारण दुई जनाको मृत्यु भएको छ ।
चट्याङ्ग पर्दा विद्युत् सर्ट भई विचारी टोलका २३ वर्षीय सागर अर्याल र भुजेल टोलका ४५ वर्षीय सानुराम तामाङ्गको मृत्यु भएको प्रहरी चौकी महादेववेसीले जनाएको छ ।
६ जना घाईते भएका छन् । घाईते मध्ये एक जनाको काठमाडौं र अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ









प्रतिक्रिया दिनुहोस्