
बैतडी । पहिरोका कारण दुई दिनदेखि अबरुद्ध भएको महाकाली राजमार्ग अझै संचालनमा आउन सकेको छैन ।
बैतडीको गोकुलेश्वरदेखि दार्चुलाको खलंगासम्मको सडकअन्तर्गत मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोका कारण हिजो बिहानदेखि अवरुद्ध सडक संचालनमा नआउँदा यात्रुलाई सास्ती भएको छ ।
बैतडीको पाटनबाट गएको डोजरले पहिरो पन्छाउने प्रयास गरिरहेको भए पनि ठूलो पहिरोका कारण पन्छाउन नसकिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
सडकको बीचमा ठूलो ढुंगा आएर बसेकाले डोजरले पन्छाउन नसक्दा धनगढीबाट मेसिन मगाएर हटाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्