हेटौंडा, वैशाख ८ । वाग्मती प्रदेशअन्तर्गतका विभिन्न समितिको बैठकले कोरोनाभाइरस नियन्त्रणमा गम्भीर बन्न प्रदेश सरकारलाई सुझाव दिएको छ ।
शिक्षा, स्वास्थ्य तथा कृषि, उद्योग, पर्यटन तथा वातावरण र प्रदेश मामिला समितिबीच सोमबार भएको ‘भिडियो कन्फरेन्स’ले कोरोनाभाइरस नियन्त्रण र ‘लकडाउन’ले पारेको समस्याहरुको विषयमा छलफल गरी सरकारलाई सुझाव दिएको हो ।
तीनओटै समितिका संयोजकको अध्यक्षतामा भएको भिडियो कन्फरेन्समा सम्बन्धित मन्त्रीहरुकोसमेत सहभागिता थियो ।
लकडाउनलाई अझ कडा बनाउने, अलपत्र यात्रीलाई उचित व्यवस्थापन गर्ने, परीक्षण बढाउने, उचित उपचार गर्न औषधि तथा उपकरणको व्यवस्थापन गर्ने, मजदुर र ज्यालादारीमा काम गर्नेलाई राहत दिनेलगायतका निर्णय भएको छ ।





प्रतिक्रिया दिनुहोस्