
मेलम्ची, साउन २९ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, फट्केश्वरमा प्रेसर कुकर बम फेला परेको छ । बिहान करिब पाँच बजेको समयमा बम फेला परेको हो ।
बिहान सडकमा शंकास्पद बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सडकमै बम रहेको कारण यातायातसमेत अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
बम निष्कृय पार्नका लागि पाँचखालबाट नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको छ । प्रहरीले सो क्षेत्रलाई सुरक्षा घेरामा राखेको छ ।
विप्लव नेतृत्वको नेकपा समूहले सो बम राखेको हुनसक्ने प्रहरीको अनुमान छ । कुकरमा भने ‘नेपाल बन्द सफल पारौं’ भन्ने सन्देश लेखिएको छ ।
प्रतिक्रिया दिनुहोस्