२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


विद्यार्थी भर्ना हुनै छाडेपछि धनकुटाका सामुदायिक विद्यालय धमाधम बन्द


0
Shares

धनकुटा । विद्यार्थी भर्ना हुनै छाडेपछि धनकुटाका सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

सात वर्षका बीचमा धनकुटाका २४ सामुदायिक बिद्यालय बन्द भएका छन् ।

२०६८ सालमा ३ सय १५ सामुदायिक बिद्यालय रहेकोमा अहिले घटेर २ सय ९१ मा झरेको छ ।

यी विद्यालयलाई नजिकैको अर्को सामुदायिक विद्यालयमा गाभिएको शिक्षा विकास तथा समन्वय इकाइ समिति धनकुटाले जनाएको छ ।

बन्द हुनेमध्ये अधिकांश प्राथमिक विद्यालय रहेका छन् ।

एक शिक्षक बराबर ४५ विद्यार्थी हुनुपर्ने भए पनि धनकुटामा शिक्षकको तुलनामा विद्यार्थी ज्यादै न्यून छन् ।

१ देखि ५ कक्षामा प्रतिशिक्षक १३ विद्यार्थी, ६ देखि ८ मा प्रतिशिक्षक ३२ बिद्यार्थी र ९ देखि १० कक्षामा प्रतिशिक्षक २७ मात्र विद्यार्थी पर्ने गरेको शिक्षा विकास तथा समन्वय इकाइ समिति धनकुटाले जनाएको छ ।