
काठमाडौं । मोटरसाइकलको ठक्करबाट घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङका पूर्व जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठको उपचारको क्रममा निधन भएको छ ।
उनको आइतबार बिहान काठमाडौंको बासबारीस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
गत शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारको सपिङ कम्प्लेक्स अगाडीको सडक छेउमा प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले श्रेष्ठलाई ठक्कर दिंदा गम्भीर घाइते भएका थिए ।
श्रेष्ठ १५ वर्षभन्दा लामो समयसम्म खोटाङ जिल्लाको राप्रपा अध्यक्ष रहेका थिए ।
श्रेष्ठको निधनबाट नेपालको राष्ट्रवादी आन्दोलन र राप्रपालाई ठूलो क्षति भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
उनको आजै दाहसंकार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस्