चितवन, वैशाख ६ । चितवनको राप्ती नगरपालिकामा एकै परिवारका दुईजनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपाइएको छ ।
राप्तीको वडा नम्बर–८ का दुईजनामा शुक्रबार कोरोनाभाइरस भएको पुष्टि भएको थियो ।
संक्रमित आमा–छोरा हुन् । उनीहरु बेलायतबाट यही चैत ३ गते नेपाल आएका थिए ।
संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडामा आवात–जावतमा रोक लगाउने तयारी गरेको छ ।
वडाका मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गर्न लागिएको राप्ती नगरपालिकाकी मेयर प्रभा बरालले जानकारी दिइन् ।
त्यस्तै, संक्रमितहरुसँग सम्पर्कमा रहेका सबैलाई ‘क्वारेन्टाइन’मा राखिने भएको छ । सोही वडामा छुट्टै क्वारेन्टाइन निर्माण गरिने मेयर बरालको भनाइ छ ।
क्वारेन्टाइनमा बस्नेलाई खानालगायतको सुविधाका लागि र उनीहरुसँग सम्पर्क भएका व्यक्तिको ‘ट्रेसिङ’ गर्न समिति नै बनाएर काम अगाडि बढाइएकोे बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्